कोरोनाले बेलायतमा पुन:भुपु गोर्खाको मृत्यु

११ अप्रिल ।
महामारीका रुपमा फैईलिरहेको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण बाट बेलायतमा पुन: अर्का एक भूपू गोर्खाको मृत्यु भएको छ । यो संख्या सहित बेलायतमा कोरोनाले मृत्यु हुने नेपाली र नेपाली मुलका बेलायतीको संख्या ८ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट शनिबार भूपू क्विन्स गोर्खा याम बहादुर मलको मृत्यु भएको हो । स्वीन्डनमा बस्दै आएका उनको स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिन अगाडि ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।हस्पिटलमा उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको हो । स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंगकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक बुझ्नमा आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।