२४ चैत्र,काठमाण्डौ ।
कोरोनाभाईरस (कोभिड-१९)ले अब बिस्तारै भारतमा समेत सताउन थालेको छ । यो समचार तयार पार्दा सम्म भारतमा कोरोनाभाईरस बाट मृत्यु हुनेको संख्या १सय १८ पुगेको छ ।भारतमा दुई साता देखी बाट मात्रै कोरोनाको संक्रमण सुरु भएको हो । यो छोटो समयमा भारतमा कोरोनाले आक्रमण गरेको हो । भारतमा अहिले सम्म ४ हजार ३ सय १४ संक्रमित पुष्टी भएको छ । यो समचार तयार पार्दा सम्म नयाँ २५ केस पुष्टी भएको छ ।
यसै बिच मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ ।मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ ।
उक्त अस्पतालभित्र जान र भित्रका लागि बाहिर जान दिइएको छैन ।
उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ ।कोरोनाभाईस (कोभिड-१९) ले विश्वभर १२ लाख ८८ हजार ८० संक्रमित छन् । भने ७० हजार ५ सय ६७ जनाको मृत्यु भएको छ । यस्तै कोभिड-१९ बाट २ लाख ७२ हजार ९ जना निको भएका छन् ।







