२४ चैत्र,काठमाडौँ ।यूएईमा थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएकाे छ । यूएईमा कोरोना संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ । तीमध्ये २ जना भने उपचारपछि यसअघि नै निको भैसकेका छन् ।यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले थप ३ जनामा कोरोनाको संक्रमण देखिएकाे बताए ।बैशाख ३ सम्म लकडाउन : सरकारले लकडाउन ८ दिनका लागी थप गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको वैठकको वैशाख ३ सम्म लकडाउनको समयाअवधी थप गर्ने निर्णय गरेको छ ।सरकारले यसअघि पहिलो चरणमा चैत्र १० देखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो भने त्यसलाई बढाएर भोलि चैत्र २५ चैतसम्म पुर्याइएको थियो ।