कोरोनाभाईरसले भारतमा तेस्रो ब्यक्तिको मृत्यु

४ चैत्र,एजेन्सी ।
विश्वभर महामारीमा रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९)ले भारतमा पुन:अर्का एक जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड १९ ले मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
केहिद दिन अघि भारतको महाराष्ट्रमा ६४ वर्षीय वृद्धको पहिलो पटक कोरोनाले मृत्यु भएको थियो । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।यसअघि सोमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना उपाचर पछि घर फर्किएका छन् । भने एक सय १३ जनाले उपचार गराईरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।