युएईमा २ जना नेपालीमा कोरोना भेटियो,सरकारद्दरा पुष्टी

२७ फागुन,काठमाडौं,
युनाईटेड अरब ईमिरेट्स (युएई)मा समेत कोरोनाले सताउन थालेको छ । युएईमा २ नेपालीलाई कोरोनाभाईरसको संक्रमण भेटिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा युएईमा रहेका दुईजना नेपालीमा संक्रमण भेटिएको पुष्टि गरेको छ । त्यस्तै त्यहाँ अन्य १२ जनामा पनि नयाँ संक्रमण देखिएको रिपोर्टमा उल्लेख छ ।नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण
विश्वभर महामारीका रुपमा फैलिदै गरेको चीनको वुहान शहर बाट सुरु भएको कोरनाभाईरस नामक भाइरसले नेपालमा समेत आंतकित बनाएको छ । कोरोनाकै कारण हिन्दुहरुको महान पर्ब मध्येको होली पर्ब समेत खुलेर बिगतमा झै मनाउन पाएनन् ।

चीनको छिमेकी मुलुक भएका कारण पनि नेपाल उच्च जोखिममा रहेको अड्कालबाजीका कारण पनि नेपालमा ठुलै त्रास फैलिएको छ । यसैबिच नेपालमा अहिले सम्म चार सय एकचालिसमा कोरोनाभाईरसको परिक्षण गरिएको पुष्टी भएको छ । तर,कसैमा पनि कोरोनाको पोजिटिभ नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ। बुहानबाट आएका ती व्यक्तिको नमुना हङकङमा पठाइएको थियो। त्यसपछि भने मन्त्रालयले नेपालमा नै आवश्यक किट मार्फत कोरोना परीक्षण सुरु गरेको हो।मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा गरीएका परीक्षणमा हालसम्म कोहीमा पनि संक्रमण नदेखिको जनाएको छ। संक्रमण नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गरि संक्रमण भित्रन नदिन यथोचित व्यवस्था गरेको पनि विज्ञप्तमा जनाएको छ।विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ।

‘छिमेकी मुलुकहरुसँग स्थलमार्गका ३७ नाकाहरुमा प्रदेश र स्थानीय तहसँग सहकार्यमा हेल्थ डेक्स स्थापना गरि नेपाल भित्रिने यात्रुको चेकजाँच सुरु गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।मन्त्रालयले औषधि र औषधिजन्य सामग्री आदिको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी बनाइएको र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।