अपडेट ! आबुधावीमा दुर्घटनामा ३ नेपालीको मृत्यु

सिड्नी ।
बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको छ । जसमा ३ जना नेपाली युबा रहेका पहिचान भएको छ ।बिहिबारै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी गराएका थिए ।’घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको दूतावासले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।