सिड्नी ।
विश्वकै सर्बाधिक अग्लो टावर दुबई स्थित ब्रुज खलिफा टावरमा शुक्रबार नेपालको संबिधान दिवसको अबसरमा नेपालको झण्डा प्रदर्शन गरिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा नेपाली राजदुतावास संयुक्त अरब इमिरेट्सको पहलमा पहिलो पटक सो टावरमा नेपालको झण्डा प्रदर्शन (लाईट अप) गरिएको हो । नेपाली राजदुताबास दुबईको जानकारी अनुसार सो समयमा दर्जन भन्दा बढी देशका हजारौ नागरिकहरुले नेपालको झण्डा देखेका छन् ।
नेपालले भ्रमण बर्ष २०२० मनाउदै गर्दा दुबईमा गरिएको झण्डा प्रदर्शनले नेपाल जाने पर्यटकहरुमा बृद्दी हुने आसा गरिएको छ । असोज ३ संबिधाब दिवसको अबसरमा विश्वभर बिशेष कार्यक्रमको आयोजना समेत गरिएका थिए ।
यसैक्रममा अष्ट्रेलियाको क्यानबेरा स्थित नेपाली राजदुताबासले पनि नेपाल दिवस तथा संबिधान दिवस केहि दिन अघि मनाएको छ ।
https://www.facebook.com/NEPALITVAUS/videos/647389525783687/








