मलेसियामा २ नेपाली पक्राउ

काठमाडौं- मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको हुन्। प्रहरीका अनुसार पक्राउ परेकाहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको मानिस हुन् ।क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना भारतीय, १२ जना वंगलादेशी, सात जना म्यानमार, दुई नेपाली र अन्य एकजना रहेको जनाइएको छ ।

खोजतलाश शुरु भएपछि भाग्न थालेकाहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई थुनुवा केन्द्रमा पठाइएको र अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । सो क्रममा ६ जना रोजगारदातालाई समेत कारवाही हुने जनाइएको छ ।अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किने अवसर स्वरुप हाल व्याक फर गुड कार्यक्रम सञ्चालन गरिरहेको छ जस अन्तर्गत निवेदन दिएर न्यून जरिवाना तिरेर स्वदेश फर्किन पाइन्छ ।

मलेसियास्थीत नेपाली दूतावासले सो अवसरको सदुपयोग गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।