यस्तो छ यि ८ नायिकाको असफल प्रेम यात्रा

काठमाडौँ :जिन्दगी मा पहिलो पटक प्रेम कसैले गर्छ भने पहिलो प्रेम खास हुने गर्दछ पहिलो प्रेम स्मणीय र अनुभूत हुने गर्दछ पहिलो प्रेम लाई कहिल्लै भुल्न नसकिने पनि भन्ने गरिन्छ । धेरै जसो ले पहिलो प्रेम असफल हुन्छ भन्छन् तर पहिलो प्रेम सफल हुँदैन भन्ने कुरा सत्य हो भनेर पनि भन्न सकिँदैन । किनभने धेरै मानिसहरू पहिलो प्रेम बाट सफल र सुखद रहेको पनि देख्न सकिन्छ । बलिउड हलिउडमा जस्तै नेपाली फिल्म उद्योग मा पनि पहिलो प्रेम र त्यसपछि का प्रेम मा असफल भएका छन् हेर्नुहोस् यी ८ नेपाली अविवाहित नायिका जो प्रेम मा असफल भए जान्नुहोस् ।

यसरी पहिलो प्रेममा असफल हुने अविवाहिता ८ नेपाली नायिकाःनिता ढुंगाना : निता ढुंगाना पछिल्लो समयमा चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई सर्वाधिक आकर्षण र मिलेको जोडीको रुपमा लिइन्थ्यो । यो जोडीको प्रेम प्रसंगका विषयमा निकै ठूलो चर्चा भयो ।तर, आमेष र निताको चार वर्ष लामो प्रेम सम्बन्ध दुई महिनाअघि फाटो आएको छ । आफूहरु चाडै विवाह बन्धनमा बाधिने सार्वजनिक घोषणा गरेको यो जोडीको सम्बन्ध विवाहमा परिणत हुन सकेन ।अहिले दुवै एकअर्कालाई भुल्ने प्रयास गरिरहेका छन् ।

नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शंका कारण फाटो आएको बताइएको छ ।खासगरी, उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको विवाद उत्कर्षमा पुगेको थियो । त्यही विवादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् ।निशा अधिकारी: नायिका निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको प्रेम जीवनका बारेमा पनि मिडियामा राम्रै चर्चा भयो । परिस्थिती नै त्यस्तो थियो जतिबेला निशाले आफ्नो प्रेमका बारेमा सार्वजनिक गरिन् शदर चर्चाको चुलीमा थिए ।उनी नेपाली क्रिकेटका खम्बा ब्याटसम्यानका रुपमा विश्वमाझ चर्चामा थिए । ठीक त्यही बेला एउटा नाम चलेकी हिरोइनले फेसबुकमा स्टाटस नै लेखेर प्रेम सम्बन्ध सार्वजनिक गरेपछि चर्चा नहुने कुरै भएन । त्यसपछि यो जोडीको रोमान्स केही समय चल्यो ।तर, उनीहरुको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन् । जसका कारण गत वर्ष निशा अमेरिका उड्दाताका उनीहरुको ब्रेकअपको समाचार बाहिर आएको हो । भलैं, यसलाई निशा र शरद दुवैले औपचारिक पुष्टि गरेका छैनन् । स्रोतकाअनुसार उनीहरुबीचको सम्बन्ध त्यतिबेलादेखि नै ब्रेकअपको संघारमा पुगेको थियो । पछिल्ला उनीहरुका क्रियाकलाप पनि यहीतर्फ संकेत गर्छन् ।

भलै, केही हप्ताअघि मात्र सिनेमा हेर्न सँगै गएपछि यो जोडीको प्याचअपको चर्चा पनि चलेको छ । तर, यस विषयमा उनीहरु दुवैले मुख खोलेका छैनन् । त्यसैले निशा र शरदको प्रेम सम्बन्ध पनि टुटिसकेको पुगेको बताइन्छ । उसो त शरदभन्दा पहिले पनि निशा प्रेमको रहेको बताइदैं आएको छ ।मलिना जोशी –सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम सम्बन्ध पनि टुटेको खबर सार्वजनिक भएको छ ।‘ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका समेत रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ ।तर, उनीहरुको प्रेम सम्बन्ध गत वर्षको अन्त्यतिर टुटेको बताइन्छ । अरु नायिका तथा मोडलहरुको जस्तो चर्चामा नआएको यो जोडीको ब्रेकअपका विषयमा गत वैशाखमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन ।अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए ।

उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् । अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । रमाइलो त के भने मिडियामा उनीहरुबीच प्रेम रहेको विषयमा आएका समाचारहरु न मलिनाले खण्डन गरिन न त अनुपले नै । अहिले उनीहरु दुवै अलग—अलग रहेर आफ्नो करिअर निर्माणमा केन्द्रीत रहेको बताइन्छ ।नम्रता श्रेष्ठ–चकलेटी नायिका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन । डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताइन्छ । काठमाडौंकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रुपमा पनि चिन्छिन् । उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध डिजे तान्त्रिकसँगको स्क्यान्डलपछि धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो । प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो ।पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आरोप समेत लाग्ने गरेको छ । अहिले नम्रता र दावा स्टीभन शेर्पा रोमान्स गरिरहेका छन् । यो जोडी अहिले गोप्य डेटिङका लागि न्युजिल्याण्ड पुगेको छ ।सुष्मा कार्की –नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने अर्की नायिका हुन् । बर्दिया स्थायी घर भएकी यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन ।सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो । कतिसम्म भने निरनको प्रेममा पागल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन ।तर, तीन वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो । सुष्माका प्रेमी निरन उनलाई सार्वजनिक स्थानमै कुटपीट समेत गर्थे ।
सुटिङ होस वा रेष्टुरेष्टमा उनीहरुबीच कुटपीट भएका खबरहरु खुबै आए । निरन्तर आफूलाई सार्वजनिक स्थानमै कुटपीट गर्न थालेपछि सुष्माले निरनबाट ब्रेकअप लिएकी हुन् । त्यसअघि उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिएर चर्चामा नआएको होइन ।नम्रता सापकोटा नायिका नम्रता सापकोटा पनि प्रेममा विछोडको पीडा झेल्ने नायिका पर्छिन । एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो ।यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि र विवाद बढ्दै गएपछि नम्रता र सागर अलग भएका हुन् ।कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन ।अन्तराल’बाट डेब्यु गरेकी नम्रतालवे झण्डै २ सय म्युजिक भिडियोमा अभिनय गरेको बताउँदैं आएकी छिन् । नम्रताको ‘ब्रास्लेट’ फिल्म प्रदर्शनको तयारीमा छ ।जेनिशा केसी कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेकअप भएको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी यी नायिकाले हालैमात्र आफ्नो ब्रेकअप भएको बताएकी छिन् ।एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेकअप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नकोट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नकोट्याउ,’ उनले भनिन् ।जेनिशाका खुल्न नसकेका प्रेमीसँग विवाहको तयारी पनि अगाडि बढेको बताइन्छ । तर, २ वर्ष लामो उनीहरुबीचको प्रेम केही महिनाअघि मात्र ब्रेकअप भएको हो ।

ऋचा शर्मा –नायिका ऋचा शर्मा पनि पहिलो प्रेम सम्बन्धमा असफल हुने नायिका हुन् । उनको नायक तथा निर्माता विनय श्रेष्ठसँग अफेयर्स रहेको थियो । कुनै समय गहिरो प्रेममा रहेको यो जोडीको २०६९ मा ब्रेकअप भएको हो ।भिसा गर्ल निर्माणका क्रममा उनीहरूबीच विवाद चुलिएको बताइन्छ । त्यही विवाद नै यो जोडीको ब्रेकअपको कारण मानिएको छ । त्यसपछि ऋचा सिंगल छिन् भने विनयले एनी थापासँग यही वर्ष लगनगाँठो कसिसकेका छन् ।ऋचा शर्मा पछिल्लो समयकी फरक धारका सिनेमामा अभिनय गर्ने हिरोइनका रुपमा चिनिन्छन् । अभिनयका कारण प्रशस्त चर्चा बटुल्न सफल हिरोइनका रुपमा चिनिएकी ऋचाको प्रेम जीवन भने सुखद बन्न सकेन् । भलै, ऋचाले आफूहरु सहमतिमै छुटिएको र खुशी रहेको बताउँदैं आएकी छिन् । काठमाडाैं / पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले पनि फष्ट लभलाई कहिल्यै भुल्न नसकिने प्रेमका रुपमा पनि चर्चा गरिन्छ ।

एकथरिले फष्ट लभ असफल हुन्छ भन्ने मत राख्छन् । तर, यसलाई सत्य यही नै हो भनेर मान्न सकिने अवस्था पनि देखिदैंन् । किनभने, कयौं मानिसको पहिलो प्रेम सुखद् रहेको पाइन्छ । हलिउड, बलिउडमाजस्तै नेपाली फिल्म जगतमा पनि कयौं हिरोइनहरु पहिलो प्रेम र त्यसपछिका प्रेममा पनि असफल भएका छन् ।

श्राेत – नेपाली हेडलाइन

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।