भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति कोभिन्दलाई झुकाउने ओलीको तस्बिर भाईरल

काठमाडौं,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचन मार्फत विजयी हुँदै मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हालेका हुन् ।मोदीको पदभार ग्रहण समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी भए । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए ।

त्यसको लागि प्रधानमन्त्री ओली बिहीबार भारत गएका थिए । मोदीको सपथ ग्रहण समारोहमा पुगेका ओलीलाई निकै सम्मान दिईएको थियो । यतिबेला एउटा फोटो निकै चर्चामा अर्थात सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

ओलीलाई प्रधानमन्त्री मोदी र राष्ट्रपति रामनाथ कोभिन्दले झुकेर नमस्कार गरेका छन् तर प्रधानमन्त्री ओलीले भने नमस्कार फर्काएका छैनन् । जुन तस्बिर निकै भाईरल बनेको हो । प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता समेत भएको छ । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।