फानीको प्रभाव:कोलकाता र भुवनेश्वर विमानस्थल बन्द !

  NTV NPL

एजेन्सी ।

बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ । विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ ।बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बन्द गरिने भएकाे छ ।

ओडिशा सरकारले प्रभावित क्षेत्रका १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । तीमध्ये ५२४ जना गर्भवती महिला रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गञ्जम जिल्लाबाट मात्रै ३ लाख र पुरीबाट १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो पनि पढ्नुहोस्ः

 

नेपालमा चक्रवात ‘फानी’को प्रभावले अन्धकार,हावाहुरी सहित पानी,सचेत रहन आग्रह

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।