कुवेतमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

२१ कार्तिक,काठमाण्डौ ।
कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको निधन भएको छ । ज्यान जानेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए । दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घटना भएको जनाएको छ । उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखका दिन ज्यान गएको जनाएको छ । ३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्पनीसँग समन्वय गरेर उनीहरुको शवलाई नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।