असोज २ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कुलमानको समर्थनमा नेपालमा मात्र नभइ विदेशमा समेत प्रदर्शन भएको छ । कुलमानको समर्थनमा अमेरिका पनि प्रदर्शन भएको छ । अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा नेपालीहरु जम्मा भएर कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन: नियुक्त
गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् । उनीहरुले प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेरे सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन् ।यद्यपी कुलमानको पुनस् नियुक्तीका आगी उर्जा मन्त्री पुनले प्रस्ताव लगेको दाबि गरेका छन् । तर सरकार भने कुलमानलाइ प्राधिकरणको प्रमुखमा दोहोर्याउने सोचमा नरहेको देखिएको छ ।







