भारतमा कोरोनाले ५८ हजार बढीको मृत्यु,करिब ३२ लाख संक्रमित

१० भाद्र,काठमाण्डौ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् । अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो । File Photo:Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।