एजेन्सी ।
भारतको उत्तर प्रदेशमा अर्का एक मन्त्रीको कोरोनाबाट मृत्यु भएको छ । पूर्व क्रिकेटर समेत रहेका चेतन चौहानको मेदान्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् । यस अघि उत्तर प्रदेश सरकारकै अर्की मन्त्री कमल रानीको अगष्ट २ मा ६२ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको थियो ।
चेतन सुरक्षा मन्त्री थिए । उनको उपचारको क्रममा दुबै मृगौलाले काम नगरे पछि मृत्यु भएको बताईएको छ ।उत्तर प्रदेश सरकारका अन्य केही मन्त्री समेत संक्रमित रहेको बताईएको छ । भारतमा कोरोनाका कारण ५० हजार बढीको मृत्यु भईसकेको छ ।







