२९ साउन,काठमाण्डौ ।
भारतमा कोरोनाभाईसको संक्रमणको नियन्त्रणबाहिर आइसकेको छ । भारतमा अब कोरोनालाई नियन्त्रणमा लिनका लागि निकै हम्मे हम्मे पर्ने देखिएको छ । पछिल्लो समयमा दैनिक ५० हजार भन्दा बढीमा संक्रमण पुष्टी हुन थालेको छ । बितेको २४ घण्टामा मात्रै देशभर ९ सय ४२ जनाको कोरोनाभाईरसका कारण मृत्यु भएको र ६७ हजार भन्दा बढीमा संक्रमण पुष्टी भएको छ ।
गएको २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका र ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।File Photo







