कोरोनाले साउदीमा एक नेपाली युबाको मृत्यु

१२ साउन,काठमाण्डौ ।
कोरोनाभाईसको संक्रमणले साउदी अरबमा एक नेपाली युबाको मृत्यु भएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिए । मृतक श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुग्नुभएको थियो । श्रीमतीसहित साउदीमा बस्दै आएका उनी बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदी फर्केका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।