११ साउन,काठमाण्डौ ।
चितवनको भरतपुर महानगरपालिका- २२, पदमपोखरी निवासी बुद्धिलाल अछामीको कोरोना भाईरस (कोभिड- १९) का कारण मुत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहदै गर्दा कोरोनाको कारणले अल्पायुमै दुखद निधन भएको नेकपा भरतपुर- २२ का अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।
भरतपुर-२२ स्थित पदमोदय युवा क्लब नजिकका स्थायी बासिन्दा रहेका बुद्धिलालका १ श्रीमती, २ छोरी, आमा, भाइ र भाउजू लगाएतका परिवार छन् । केहि महिना अघि उहाँको बुबाको निधन भएपछि काजकिरियाको लागि नेपाल आएका उनी पुनः आफ्नो कर्मथलोमा फर्किएका थिए ।







