एजेन्सी ।
भारतमा पछिल्लो चौबीस घण्टामा नोभेल कोरोना भाइरसका करिब ३५ हजार संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको छ । यो संख्या विश्वमै कोरोना संक्रमणको तेस्रो ठूलो संख्या हो ।भारतमा कोरोना संक्रमण निको हुने दर बढी छ भने मृत्युदर कम रहेको बीबीसीले जनाएको छ ।
भारतमा हालसम्म २५ हजार ६०२ जनाको मृत्यु भएको छ ।यो संख्या विश्वको आठौं ठूलो संख्या हो । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा हालसम्म दुई करोड ८० लाख मानिस संक्रमित भएका छन् ।
तर, पछिल्लो समय दक्षिणी कर्नाटक र आन्द्रा प्रदेशमा समेत कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । त्यसैगरी बिहार, वेस्ट बंगालमा संक्रमणदर उच्च रहेको जनाइएको छ ।भारतमा पहिलो पहिलो कोरोना भाइरस संक्रमण जनवरी अन्तिमा फेला परेको थियो ।-बीबीसी








