११ असार,काठमाण्डौ ।
पोर्तुगल । पोर्तुगलको लिस्बनमा एक युवकको निधन भएको छ । पोखरा घर भएका सिद्धान्त गुरुङको मृत् अवस्थामा फेला परेको जनाइएको छ । १७ जुनका दिन बेलुकी ६:३० बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका गुरुङ स्कोला दो कामुइस स्ताफानिया कक्षा ११ मा अध्ययन गर्दै थिए ।१९ वर्षीय गुरुङको शव पोष्टमार्टमका लागि साओ जोजे अस्पताल मार्टिम मुनिजमा राखिएको छ ।
अदालती प्रकृया पूरा गरेपछि उनको अन्तिम दाह संस्कार लिस्बनमै गरिने परिवारले जनाएकाे छ । बेपत्ता भएपश्चात उनको खोजतलासमा सहयोग गर्ने सबैलाई गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका पूर्व उपाध्यक्ष कमल गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका छन् । सन् २०१० देखि पोर्तुगलमा ३७ नेपालीले ज्यान गुमाइसकेका छन् ।







