भारतमा २४ घण्टामा १५ हजार बढी कोरोना संक्रमित

७ असार,काठमाण्डौ ।
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् । जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार २ सय ५४ को मृत्यु भइसकेको छ ।भारतमा यतिबेला कूल संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगिसकेको छ भने २ लाख २७ हजारभन्दा बढि संक्रमित निको समेत भइसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।