कतार,युएई र साउदीबाट २४ शब नेपाल ल्याउदै

५ असार,काठमाण्डौ ।
कतार,युएई,कुबेत र साउदी अरबमा कार्यरत २४ जना नेपालीको शब शुक्रबार काठमाण्डौ ल्याइएको छ । जस्मा कतारबाट २०,युएइबाट १,कुबेतबाट २ र साउदी अरबका १ जनाको शब रहेको छ ।
कतारी सरकारले आफ्नै खर्चमा २० शब र अन्य ४३ जना नेपालीहरु नेपाल पठाउन लागेको हो । उनीहरु आजै काठमाण्डौ पुग्दैछन् । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । वैदेशिक रोजगार बोर्डका अनुसार शवको बिबरण यस्तो छः कतारबाट १. महमुद अलमान मुसलमान, कपिलवस्तु,२. मुस्ताक साइक, सर्लाही,३. रुपेशकुमार मण्डल, सिरहा,४. कुम्बा तामाङ, लमजुङ,५. भक्तबहादुर थापामगर, बाँके,६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी,७. युवराज अधिकारी, मोरङ,८. मीनबहादुर थापा, भोजपुर,९. नरबहादुर कामी, सुर्खेत रहेका छन् ।

यस्तै १०. मंगलबहादुर तामाङ, भोजपुर,११. सुकराम थारु, बर्दिया,१२. अरुणकुमार पंजियार, सर्लाही,१३. शिवशंकर राउत, महोत्तरी,१४. चुतर्वा मण्डल, धनुषा १५. जितेन्द्र थापामगर, कवानपुर,१६. यामबहादुर थापा, रुपन्देही,१७. कासिदेव यादब, सिराहा,१८. सधोवाका पासवान, सर्लाही,१९. अनिल चौधरी, महोत्तरी,२०. मनोज पासवान, सर्लाही,साउदीबाटः१.भैरब बहादुर बस्नेत,कुवेतबाटः१. सोनि तामाङ, नुवाकोट,२.मानव आले, सङ्खुवासभा,युएईबाटः१. पेम्बा नुर्बु शेर्पा, सोलुका रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।