पोर्तुगलमा एक नेपालीको मृत्यु

२२ जेठ, लिस्बन ।
पोर्तुगलमा एक नेपालीको मृत्यु भएको छ । अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका ४९ वर्षीय दीपक बानियाँको बिहिबार निधन भएको हो । म्याग्दी सिङ्गा घर भएका बानियाँ उच्च रक्तचापको समस्याबाट पीडित थिए ।उनको उदिमेरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करिब दुई वर्ष पहिले उच्च रक्तचापले हानेर शरीर आंशिक शिथिल भएको थियो ।लगातारको उपचार र फिजियोथेरापीपछि उनले सामान्य काम गर्नसक्ने भएका थिए । बानियाका श्रीमती र एक छोरा आठ महिना अगाडि मात्र पोर्तुगल आएका थिए । बानियाँका जेठा छोरा नेपालमै रहेका छन् । साओ तेओतोनिओमा रहेका म्याग्देली र नेपालीहरुले उनको अन्तिम संस्कारका लागि स्थानीय स्वास्थ्य र सुरक्षा निकायसँग समन्वय गरेका छन् । नमस्तेनेपालीको सहयोगमा

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।