१९ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरसका कारण नेपालमा चैत ११ गते देखिको लकडाउन (बन्दाबन्दी)का कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर सोमबार कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ
। उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । यस्तै आइतबार राती कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए ।बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् ।






