कोरोनाले दुबईमा एकैदिनमा दुई नेपालीको मृत्यु

३० बैशाख,काठमाण्डौ ।
दुबइमा कोरोनाभाइरसको संक्रमण बढे संगै सरकारले नेपाल फर्कन चाहने नेपालीलाई काठमाण्डौ आफै बिमान चार्टड गरेर छोडदिन सहयोग गर्ने प्रतिबद्दता सरकारले गरिसकेको छ । सोका लागि नेपाल सरकार संग अनुमती समेत मागेको छ तर अहिले सम्म नेपाल सरकारले नेपाली काठमाण्डौ ल्याउनका लागि अनुमती दिएको छैन ।दुबईका बिभिन्न शहरमा बस्ने नेपालीहरु मध्ये अधिकांसनेपाल फर्कन चाहेको बताएका छन् । यसै बिच सोमबार मात्रै एक युबाले आफुलाई कोरोना भएको तर त्यहाँ बसेर कोरोना निको हुने संकेत नदेखेको बताउदै मर्ने बेला आफै जन्मेको माटो टेक्न पाउ भन्दै चित्कार गरेका थिए ।आज फेरी दुबईका नेपाली समुदायका लागि दुख:द् खबर छ । आज मात्रै दुबइमा कोरोनाले दुइ नेपालीको मृत्यु भएको छ । आबुधाबी स्थित एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा अर्का एक युवाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।दुबईमा यसअघि लकडाउनकै कारण बिबिध कारण ज्यान गुमाएका करिब एक दर्जन भन्दा बढी नेपालीको शब अलपत्र परेको थियो । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।