२७ बैशाख, कतार ।
करिब डेढ महिना अगाडी कोरोनाभाइरसको परिक्षण भन्दै झुक्काएर नेपाल फर्काएका नेपाली कामदारहरुको तलब र नियमानुसारको सेबा-सुबिधा बापतको रकम नेपाल पठाएको छ ।कतार स्थित नेपाली राजदुताबासको पहलमा नेपाल फर्काइएका कामदारहरुको तलब र सेवा सुबिधा सहितको रकम नेपाल पठाएको हो । दूतावासले कतारबाट फर्काएका ९४ नेपाली कामदारको
रकम नेपाल पठाइएको जानकारी दिएको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै गत मार्चमा नेपाल फर्काएका Al Bandary Engineering Trading & Contracting Company मा कार्यरत ८४ जना र Aluminum Gulf Ray मा कार्यरत १० जना नेपाली कामदारको तलब तथा नियमअनुसार पाउन बाँकी रहेको रकम नेपाल पठाइएको जानकारी दूतावासले दिएको छ ।
दूतावासका अनुसार कतारी रियाल ३ लाख ४६ हजार ३२० र २६ हजार ८०१ दूतावासले उक्त कम्पनीबाट प्राप्त गरेपछि नेपाली कामदारले नेपालमा पाउने गरी २२ अप्रिलमा टिटि गरी कन्सुलर सेवा विभाग काठमाण्डौंमा पठाइएको जानकारी दूतावासले दिएको छ ।






