बिदेशका नेपालीमा कोरोना संक्रमण बढ्दो

२५ बैशाख,काठमाण्डौ ।
बिदेशका नेपालीहरुमा समेत कोरोनाको संक्रमण बढ्दो छ । गत साता गैर-आवासीय नेपालीको तथ्यांक अनुसार एक हजार दुइ सय भन्दा बढी नेपालीमा कोरोना रहेको र ७५ जनाले ज्यान गुमाएका थिए ।पछिल्लो समय नेपालीको रोजगारी मध्येको बहराइनमा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्ममा बहराइनमाएक हजार ९५० जनामा कोरोना संक्रमण हुँदा नेपाली संक्रमितको संख्या २ सय ४५ पुगेको हो ।बहराइनमा कोरोना जितेर डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ ।

ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । विश्वमै सबैभन्दा कोरोना संक्रमित नेपाली अमेरिकामा छन् । अमेरिकामा अहिले सम्म करिब १ हजार ३ सय भन्दा बढीमा कोरोना संक्रमित रहेका खबर आइरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।