मलेसियामा थप ६ जना नेपालीमा कोरोना पुष्टी

२२ बैशाख,काठमाण्डौ ।
बिभिन्न देशहरुमा रहेका नेपालीहरु कोरोनाको संक्रमणले अहिले सम्म ७५ जनाको मृत्यु भईसकेको छ। विश्वभर १ हजार २ सय भन्दा बढी नेपालीहरु कोरोना संक्रमित छन् । यसैबिच मलेसियमा थप ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै मलेसियमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ । यसमध्ये ३ निको भएका छन् ।सङ्क्रमित सबैजना पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको नेपाली दताबास कोलालम्पुरले बताएको छ । मलेसियामा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै भएकाले क्षेत्रगत हिसाबमा आज सोमबारदेखि मलेसियाले लकडाउन पनि केही खुकुलो बनाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि १२ मेसम्म लकडाउन घोषणा गरेको थियो ।

मलेसियामा अहिलेसम्म ६३ सय ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४४ सय ८४ जना निको भएका छन् भने १७ सय ६४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०५ जनाको ज्यान गएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।