१७ बैशाख,काठमाण्डौ ।
अमेरिकामा कोरोनाभाइरसको संक्रमित संख्या १० लाख ३५ हजार ७ सय माथि पुगिसकेको छ । कोरोनाले अमेरिकामा ५९ हजार २ सय ६६ जनाको निधन भईसकको छ। यस्तै १ लाख ४२ हजार २ सय २८ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एक हजार भन्दा बढी नेपालीहरु पनि कोरोना संक्रमित छन् । भने ३५ जनाले ज्यान गुमाइसकेका छन् ।
यसै बिच पुर्ब फुटबल खेलाडी महेश पन्थीको समेत निधन भएको छ । उनी फ्रेन्ड्स क्लब कुपन्डोल बाट फुटबल खेल्थे । ललितपुरको ‘ए डिभिजन क्लब’ फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट पूर्व खेलाडी पन्थीको निधन भएको जनाएको छ । भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।कोभिड १९ बाट संक्रमित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनी एक दशकदेखि अमेरिका बस्दै आएका थिए ।






