भारतको नयाँ दिल्लीमा मात्रै दुई सय बढी स्वास्थ्यकर्मीलाई कोरोना

२८ अप्रिल,एएनआई ।
भारतको राजधानी नयाँ दिल्लीमा मात्रै कोरोनाभाइरस (कोभिड-१९) बाट २ सय भन्दा बढी भारतीय स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण गरेको भारतीय संचारमाध्यमको दाबी छ ।
दिल्लीमा मात्र कोरोनाका बिरामीको संख्या ३ हजार नाघेको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका छन् । यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २ सय जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेको समेत उनले पुष्टी गरेका हुन् ।मन्त्रीका अनुसार कोविड १९को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको हो । दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको समेत उनले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग कोरोनाको रोकथामका विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी भएका थिए । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा हुनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।