दुबईमा एक नेपालीको मृत्यु

१५ बैशाख,काठमाण्डौ ।
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा काम गर्दै आएका बेलबारी ३ मोरङका ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको छ । उनी ९ बर्ष अहिले बैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो ।तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरेको खबर छ । पराजुलीका श्रीमती र २ छोरा रहेका छन् । २ छोरा पनि वैदेशिक रोजगारमा रहेका बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।