११ बैशाख,काठमाण्डौ ।
कतारमा दिनप्रतिदिन कोरोनाको संक्रमण ब्यापक रुपमा बड्दो छ । कोरोनाको सुरुवाती चरणमा कतारले २ सय बढी नेपाली कामदारहरुलाई कोरोनाको परिक्षणका लागि भन्दै झुक्काएर नेपाल डिपोर्ट गरेको थियो ।अहिले कोरोनाको जोखिम बढ्दै गर्दा कतार सरकारले बिभिन्न आरोपमा जेलमा रहेका १७ जना नेपाली नागरीकहरुलाई आम माफी दिएको कतार स्थित नेपालीदुतावासले जानकारी गराएको छ ।
कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरे अनुरुप नेपालीहरुले आम माफी पाएका हुन् ।दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् । रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।







