११ अप्रिल,लण्डन ।
कोरोनाभाइरस (कोभिड-१९)ले बेलायतमा फेरी अर्का एक नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा ज्यान गुमाउने नेपाली तथा नेपाली मुलका बेलायतीको संख्या ९ पुगेको छ ।
पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार मृत्यु भएको छ । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको मृत्यु भएको बताइएको छ । उनी श्रीमान र एक बर्षीय छोरासँग लन्डनको सडवरी टाउनमा एक दशक देखि आएकी थिइन् ।







