नेपालमा पुन:लकडाउनको समय थप्ने तयारी

२० चैत्र,काठमाडौं ।
विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैईलिएको अबस्थामा नेपालमा कोरोनालाई फैलन बाट रोक्नका लागि दुई साता देखी लकडाउन गरेको छ । यहि चैत्र २५ मा लकडाउनको मिति सकिदैछ । तर,लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिका अधिकारीले पुन : एक साता लकडाउन थपिए कोरोनाको प्रकोप सुन्यमा आउन सक्ने सल्लाह गरिरहेको र सोहि अनुसार बैठकमा निर्णय गरी मन्त्री परिषद्मा पठाउन लागिएको एक मन्त्रीले जानकारी दिएका छन् । आज फेरी एक जना नयाँ संक्रमित र दुई जनाको दोस्रो पटक परिक्षण गर्दा तीनै जनाको पोजेटिभ पुष्टी भए संगै लकडाउन बढ्न सक्ने अनुमान गरिएको छ । अहिले सम्म एक हजार भन्दा बढीमा परिक्षण गर्दा कोरोना संक्रमित संख्या ६ पुगेको छ । भने,१ जना निको भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।