अमेरीकाको गोलीबारीमा एक नेपालीको मृत्यु

२७ बैशाख,एजेन्सी ।
अमेरीकामा दिन दिनै बढेको गोली बारीमा नेपाली पनि असुरक्षित बन्दै गएका छन् ।मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारीका सागर घिमिरेको ज्यान गएको बताईएको छ ।अध्ययनको सिलसिलामा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । घिमिरे केही समय पछि नेपाल फर्कने तयारीमा समेत थिए । उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका आएका थिए ।

उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाउदा नेपाली सहित चार जनाको ज्यान गएको हो । घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।