९ बैशाख,काठमाण्डौ ।
भारतमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए ।
२४ घन्टामा कोरोनाकै कारण भारतमा दुई हजार एक सय एकजनाको मृत्यु भएको छ । भारतमा अहिले २२ लाख ८४ हजार संक्रमितको उपचार भइरहेको छ । बुधबार एक लाख ७९ हजार संक्रमित निको भएका छन् ।







