भारतमा घटेन कोरोना संक्रमित २४ घण्टामा १५ हजार संक्रमित, १८१ को मृत्यु

४ माघ,काठमाण्डौ ।
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ९६ हजार १८४ जना संक्रमणमुक्त भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।