कोरोना महामारीका बीच माघी पर्वको रौनक सुरु ।

नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक र संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।

माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहिआएको आदिवासी थारु समुदायमा माघीको रौनक सुरु भएको हो। विगतको वर्षमा झै माघीको उल्लास नभएपनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्नलाई भएपनि तयारी थालिएको बताइएको छ।

कोरोना महामारीलाई मध्येनजर गर्दै घरमै अर्थात् जो जहाँ छन् त्यही बसेर मनाउने तयारीमा रहेको उनको भनाइ छ। 

माघी नजिकिए सँगै कोरोनाकै कारण पहिले जस्तै तयारी नभएपनि कामको शिलशिलामा घर बाहिर रहेका परिवारका सदस्यहरु भने माघी मनाउन आउन थालेका छन् । विगतका वर्षहरुमा माघीको अवसरमा माघी मेला, महोत्सवको आयोजना गरिन्थ्यो। तर महामारीले गर्दा यो वर्ष आयोजना नहुँदा रौनकतामा कमी देखिएको जीतरामको भनाइ छ।
थारू समूदायमा माघीको एक दिन पहिले अर्थात् पुस मसान्तमा ’जिटा मरना दिन’ अर्थात् घर–घरमा सुँगुर काट्ने प्रचलन रहिआएको छ। त्यो दिन आपसमा रमाइलो गरेर खानपान गर्ने प्रचलन रहिआएको छ। त्यसको अर्कोदिन अर्थात माघ १ गते नजिकको नदी, पोखरीमा स्नान गरी ठूलाबडाहरुबाट अर्शिवाद लिने र सानालाई आर्शिवाद दिने प्रचलन रहिआएको छ।

भने माघ २ गतेदेखि वर्षभरिको योजनाहरु वनाउने, नीति नियम बनाउने कार्यको थालनी गरिन्छ। जसलाई थारु समुदायमा माघी डेवानी भन्ने गरिएको कैलालीको कैलारी गाउँपालिका ६ का थारु अगुवा सत्यनारायण डंगौरा बताउँछन्। माघी डेवानीको लागि थारु वस्तीमा नयाँ नेतृत्व अर्थात बरघर तथा भलमन्सालगायत चयनको लागि छलफल सुरु भएको हो। जसकारण पनि माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि लिने गरिएको डंगौराको भनाइ छ।

पछिल्लो समय माघी पर्व पश्चिममा मात्रै नभई देशव्यापी मनाउन थालिएको छ। खासगरी तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लामा सदियौंदेखि माघलाई विशेष रुपमा मनाउने प्रचलन रहिआएको हो।यसैबीच सरकारले माघी पर्वको अवसरमा १ दिन सार्वजनिक विदाको घोषणा गरेको छ।

तराईका जिल्लाहरुमा माघी पर्वको तयारी भइरहेको बेला पहाडी जिल्लाहरुमा भने माघे संक्रान्ती अर्थात मकर संक्रान्ती पर्वको तयारी थालिएको छ। मकर संक्रान्तिको अवसरमा नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजा गरि  घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। तर यस वर्ष कोरोना महामारीका कारण माघीको चहलपहल भने खासै नदेखिएको बताइएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।