नेकपा एमाले महाधिवेशनमा नौ करोड खर्च

१४ मंसिर, चितवन ।
नेकपा एमाले को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताए ।महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताए। एमालेले ७ करोड ५० लाख रूपैयाँमा महाधिवेशन सक्ने अनुमान गरिएको उनले बताए। एमाले महाधिवेशन मंसिर १० गते उदघाटन भएको हो।महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । महाधिबेशनमा भएको मतपरिणाम केहि बेरमा आउने बताईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।