अभिनेत्री श्वेता खड्काले पाईन् दोस्रो जीवन !

वैशाख १६ । अभिनेत्री श्वेता खड्का भारतमा उपचारार्थ छिन् । गर्धनमा ट्युमर देखीएपछी भारतमा शल्लिक्रीया गराएकी छिन् । उनी अहिले दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् । शल्लीक्रिया गरेर उनको ट्युमर निकालिएको छ ।शल्लीक्रिया सफल भएपछि उनले आफूले दोस्रो जीवन पाएको बताएकी छिन् । अभिनेत्री श्वेता खड्काले आफ्नो आधिकारिक फेसबुक बाट जानकारी दिँदै आफूमाथि जीवनले दोस्रो पटक खेल खेलेको बताएकी छिन् । हालै श्वेता फिल्म हेलो जिन्दगीको सुटिङको लागी लन्डन पुगेकी थिइन् ।फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् । तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक स्टेटसमा जानकारी दिइन् । उनले भनिन्, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो । मलाई तत्काल दिल्ली लगियो ।डा. सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा. पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’ उक्त घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको उनी बताउँछिन् । ‘कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा हुँदैन ।’ उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई आफूले पुनः जीत्न सफल भएको उनले बताइन् ।

श्वेता आफ्नो फेसबुकमा लेख्छिन्ःMy Second life!!! 

This is the time when life played a game with me yet another time.
They say life is very uncertain and it’s true. You never know what might happen and your plans and aspirations may just vanish within a fraction on seconds. I’m extremely sad to let you people know that I won’t be able to work in my new venture that I recently started- the movie “Hello Zindagi”. Few days before me leaving to London, I was having a severe pain in my neck and chin area. Right after I consulted the doctor, they told me that it’s a tumor and needs to be removed but it’s not a huge problem for now. It can be removed after few months as well. After the few days of shooting at London, I was having some serious pain followed by a fever. My excitement for working in yet another movie, the fact that I was getting to perform once again and meet the expectations of the amazing audience yet another time got ruined due to my health conditions. The doctors then recommended to operate as soon as possible and I was helpless at that moment. I came to London with a dream that this movie is where I’ll perform my heart out and seeing this dream of mine die in front me made me feel weak. I was soon taken to Delhi where Dr. Surendra Kumar Dabas did the robotic surgery and Dr. Pankaj from Nepal did all the arrangements and my surgery was successful.

Now, this incident taught me that life is unfortunate. We never know what might happen to us and where might life take us. My sincere apology to the entire team of Hello Zindagi that due to my health issue I couldn’t work in the movie. Thank you BLK hospital and the entire team of SK Dabas. I won over the dreadful situation yet another time.

स्बिर श्वेता खड्काको फेसबुक बाटः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।