धाका तपुलि,अन्तरराष्ट्रीय टोपी दिवस र पुनर्जीवित ढाका टोपी मोह

  SABIN KARKI SYD

(तस्विर- एन आर एन कोरियाले सियोलमा टोपी दिबसमा आयोजित बिषेश कार्यक्रम(साभार- एन आर एन कोरीयाका उपाध्यक्ष साजन सर्माको फेसबुकबाट)

सबिन कार्की, सिड्नी 

नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ। धाकाबाट बनेकोहुनाले सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। 

डा. लेखनाथ काफ्ले र शंकर बन्जाडे मिलेर २६ नोभेम्बर २०१३मा एक सार्वजनिक फेसबुक पेज स्थापना गरी सामान्य रुपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिन भन्दै सबै नेपालीलाई टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । त्यही आह्वानलाई आधार मानी २०१४ देखि नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो | 

“नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मुल नारा लियर मनाईने यो दिवसले अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन गर्नुका साथै देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुर्याउँदै आएकोछ।

 नेपाली टोपी अन्तराष्ट्रीय जगतमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न नै बनिससकेको छ। नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमा प्रख्यात बनाउने उद्देश्यबोक्को यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि स्वस्फूर्तरुपमा  युवा लगायत बिभिन्न समुह, संस्था र व्यक्तिहरु सहभागी भई देश तथा बिदेशमा टोपी दिवसको प्रचारप्रसार गरी बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन्।

पछील्ला दिनहरुमा महिला सहभागिता हुनुले यो दिबसलाई थप महत्व थपिदियको छ। ढाका टोपी लगायर खिचिएका महिलाका तस्बिरले फेसबुक र ईन्स्टा लगायतका सामाजिक संजालहरुमा थप उत्साह र आकर्षण थपिदिएको छ। मोडेल, नाईका, संचारकर्मी, लगाय अगुवा महिलाहरुले निर्धक्क संग टोपी लगायर सेयर गरियका तस्बिरहरुले टोपी दिबसलाई अझ लोकप्रिय बनाईदियको छ। 

बिदेशियकालाई नेपाल सँग जोडिएका प्रत्यक कुरा प्यारो लाग्छ। नयॉं बर्षको पहिलो दिनमा छुट्टी हुने भयकोले सो दिनलाई बिदेशमा रहेका नेपालीहरु साथीभाई संग जमघट गरेर बिषेश रुपमा मनाईउने गर्छन। जमघटमा भेलाभयका युवाले लगाएको ढाकाटोपिले बिदेशमा राट्रियतालाई जीवन्त तुल्याईदिन्छ। जोकोहीको मनमा राष्ट्रप्रतीको सद्भाव र सम्मान ओतप्रोत भयर जाग्रीत हुन्छ। राष्ट्रप्रतिको मोह जागृत गराईदिन्छ अनि कर्तब्यबोध गराईदिन्छ। 

बिदेशिँदा सुट र जिन्सले लगेज भरेर हिँड्ने युवा १ थान दौरा-सुरुवाल र ढाकाटोपी अनिवार्य रुपमा लियर हिँड्न थालेकाछन। हिँजो ढाका टोपीलाई पुरानो फेसन भन्नेहरु आज निर्धक्क बिदेशका रेलमा ढाका टोपी लगायर हुँईकिन थालेकाछन। बिदेशमा नेपाल चिनाउने नेपाली झन्डा पछीको अर्को ससक्त माध्यम नै ढाका टोपी बनेकोछ। टोपी दिबसका दिनमा अक्ल्यान्ड देखी अलास्का सम्म बिषेश नेपाली कार्यक्रमहरु हुनुले नेपाली माँझ थप उत्साह र उमंग थपिदियको छ। नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ । बिश्वमा जहॉं रहे पनि निर्धक्क रुपमा ढाका टोपी लगायर गर्बका साथ हिँडौ। (Tweeter @sabniki )

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।