२६ साउन, सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ३ सय ६० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा ९५ हजार ३७ जनाको कोरोना परिक्षणमा ३ सय ६० जनामा कोरोना पुष्टी भएको हो । जसमध्ये ४ जना भने ओभरसिज बाट आएका हुन् ।
आजको तथ्याक अनुसार ३ सय ५७ जना अस्पतालमा छन् । जस्मा ६० जना आईसियुमा उपचाररत छन् । गत २५ जनवरी २०२० देखी यो समचार तयार गर्दा सम्म राज्यभर ८९ जनाको मृत्यु भएको छ ।पछिल्लो समय सरकारले कोरोना बिरुद्दको खोप बितरणमा बृद्दी गरेको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन र सेलहार्बर क्षेत्रको लकडाउन यहि २८ अगष्ट सम्म तोकिएको छ । अन्य क्षेत्रहरुमा पनि राज्यले लकडाउन थपेको छ ।






