आतंकवादी आक्रमणको सुचनापछि दिल्ली ‘हाई अलर्ट’मा

११ माघ, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आतंकवादीहरुले जारी किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि स्थानमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । यसैवीच आतंकवादी आक्रमणको सूचनाका आधारमा दिल्लीबाट आठ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।