सिड्नी
यही शनिबार सिड्नीको लिडकममा हुन गईरहेको होली मेला ३ र रकडेलमा हुने भनिएको रकडेल होली ईभेन्टको पुर्ब सन्ध्यामा आएर अन्ततः रद्द भएका छन् ।लिडकमको होली मेलाको आयोजक नेपाल स्कड ईन्टरटेन्मेन्टले बुधबार साँझ नै ईभेन्ट रद्द भएको जानकारी फेसबुक मार्फत् गरेको थियो । होली मेला लिडकमको वायट पार्कमा मार्च २३ तारीख शनिबारका दिन हुने पनि जानकारी गराएको छ ।
यस्तै बिहिबार दिउसो मात्रै रकडेलमा हुने भनिएको रकडेल होलीको आयोजक कमेरो ईभेन्टले पनि ईभेन्ट रद्द भएको जानकारी गराएको छ । आयोजकले अहिले सम्म अर्को कार्यक्रमको मिति भने तय गरेको छैन । यि दुबै आयोजकले शनिबारको मौषमलाई कारण देखाएका छन् । अहिले सम्मको पुर्बानुमानका अनुसार शनिबार सिड्नीमा आमसिक रुपमा पानी पर्ने देखिन्छ । यि दुबै ईभेन्ट रद्द हुदा सिड्नीका अधिकांस युबाहरु आक्रोसित समेत बनेका छन् । अधिकांसले शनिबार ईभेन्टमा जानकै लागि काममा बिदा लिईसकेकाले पनि आफुहरुलाई असर परेको सामाजिक संजालमा प्रतिकृया दिएका छन् । भने,ईभेन्टमा स्टल राख्नेहरुलाई समेत असर पर्ने देखिन्छ ।तीन बर्ष देखि सिड्नीमा निरन्तर रुपमा होली ईभेन्ट हुदै आएका छन् । मार्च २० का दिन नर्थन बिचेज नेप्लिज सोसाईटीले समेत होली फेष्टिभल मनाउदै छ ।