एमाले महाधिवेशनः ओली पक्षबाट धाँधलीपछि भीम रावलले दिए कडा प्रतिक्रिया

१४ मंसिर,चितवन ।
नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । मतदान बिहान १० बजेसम्ममा सम्पन्न हुने बताइएको छ ।
महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरित भएको भन्दै केही प्रतिनिधिहरुले विरोध जनाएका छन् ।एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरितरहेको बताउनुभयो । निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्न भनेको पनि रावलले बताउनुभयो ।

संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उहाँले बताउनुभयो । ओली पक्षले प्रतिनिधि छनोटदेखि शुरु गरेको धाधली मतदानको समयसम्म जारी राखेको भन्दै उहाँले रोष प्रकट गर्नुभयो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ रावलले भन्नुभयो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।