काठमाडौं : भारतमा बाटोको छेउमा सुतेका आप्रवासी कामदारमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ । गुजरातको सुरत जिल्लामा मंगलबार बिहान बाटोको छेउमा सुतिरहेका आप्रवासी कामदारमाथि तीव्र गतिको ट्रक कुदेको हो ।
सो घटनामा १५ आप्रवासी कामदारको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ । किम–माण्डवी सडकको छेउमा सुतेका कामदारमाथि ट्रक चलेको हो । १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने ३ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।








