नेपालमा एकैदिनमा ८ सय ८५ संक्रमित पुष्टी,११ जनाको मृत्यु

१० भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको संक्रमण दिन-प्रतिदिन बढ्दो छ । बितेको २४ घण्टामा देशभर ८ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यस्तै एकदिनमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । नयाँ थपिएका संक्रमित सहित कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा ६ हजार २८ रहेका छन् भने संस्थागत आईसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् । कोरोना बाट हाल सम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।