कोरोनाले ६ वर्षीया बालिका सहित ९ जनाको मृत्यु

६ भाद्र,काठमाण्डौ ।
नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गएको २४ घण्टामा ६ वर्षीया बालिका सहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको प्रेस ब्रिफिगंका क्रममा पुष्टि गर्नुभएको हो । प्रवक्ता गौतमका अनुसार गएको २४ घण्टामा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष (६१, ५८ र ४८ वर्षीय), बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुरको ७३ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको हो । आज ९ को मृत्यु भएसगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।