कोरोनाभाइरस संक्रमित इरानी सांसदको मृत्यु !

१ मार्च, इरान।
कोरोनाभाईरसले आईतबार पहिलो पटक अमेरिकाको वासिङटन र अष्ट्रेलियाको पर्थमा समेत एक-एक जनाको मृत्यु भएको छ । चीनपछि अहिले कोरोनाभाईरस विश्वब्यापी रुपमै उच्च जोखिमका रुपमा फैलिएको छ ।कोरोना भाइरस (कोविड १९) बाट संक्रमित इरानी सांसदको शनिबार बिहान मृत्यु भएको इरानी सरकारी समाचार एजेन्सीले जनाएको छ । इरानमा कोविड १९ बाट संक्रमितहरुको संख्या वृद्धि भईरहेको छ ।गत हप्ता अस्ताना अशरफिएहका निर्वाचित प्रतिनिधि मोहम्मद अली रमाजनी दस्तकमा केही दिन अघि मात्रै कोरोना भाइरस भएको स्वास्थ्य परीक्षणमा पुष्टि भएको थियो।

समाचार एजेन्सीका अनुसार नायबलाई “फ्लू ” भएपछि अस्पताल लागिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने ‘कोरोनाभाइरसका कारण इरानमा ४३ जनाको मृत्यु भईसकेको छ भने ५९३ जान असंक्रमित भएका छन्।‘

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।