के सिंगापुरमा ओलीले भेट्दैछन् ज्ञानेन्द्र शाह

काठमाण्डौ ,

केहि दिन अघि मात्रै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका नेकपाका नेता योगेश भट्टराईलाई बधाइ तथा शुभकामना आउने क्रम जारी रहेको छ । अझै उनको दैनिकी मन्त्रालयको दैनिक कार्यसम्पादन गर्ने भन्दा पनि बधाइ शुभकामना थापेरै गइरहको छ । सुरुमै आफुलाई धेरै बधाइ नदिनु काम गर्न दिनु भनेर जनताको मन जितेका मन्त्री भट्टराई पछिल्लो समय भने माला र खादाले पुरिँदै गएका छन् । बेसिजनमा एक्लै मन्त्री भएर पनि होला चारैतिरबाट बधाइको ओइरो लागीरहको छ । मानौँकी योगेशलाई बधाइ नदिइकन केहि काम नै गर्न सकिँदैन । यसै सिलसिलामा आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता पूर्व प्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए ।

नेता नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् । कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरु पनि दिए । वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा गर्नुपर्ने कामको बारेमा सुझाव दिए । बधाई तथा शुभकामना ग्रहणपछि मन्त्री भट्टराई बोले । उनले नेता नेपालसँगको सम्झना गरे । भट्टराईले नेपालसँगको सम्बन्ध गुरु(चेलाको सम्बन्ध रहेको बताए ।

भट्टराईले २०४३ सालको घटना सम्झिए । भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात(दिन नभनी, खाइ(नखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें। डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाईको क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो। सायद त्यो बाँच्ने आधार थियो ।’ भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केही छिन भक्कानिएर पुराना सम्झनाहरु सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए ।भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नो अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे

के सिंगापुरमा ओलीले भेट्दैछन् ज्ञानेन्द्र ?
प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारको सिलसिलामा एक साता लामो सिंगापुर बासाइका लागी ९ सदस्यीय टोलीको नेतृत्व गर्दै पुगेका छन् । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित समय तालिका छोट्याएर हिजो राती नेपाल फर्किसकेका छन् । साता लामो पारिवारिक भ्रमणका लागी युएइ पुगेका प्रचण्ड ५ दिनमै फर्किएका थिए । प्रचण्ड किन समय तालिका अगावै नेपाल फर्किए भन्ने कुराले पनि नेपली राजनिति तरंगित भएको छ ।

नेपाली राजनितीमा अर्को खास चर्चाको बिषय त यसै साता चिन भ्रमणमा निस्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको सिंगापुर ट्रान्जिट हुने विषयले नेपाली राजनीति तातेको छ । प्राप्त जानकारी अनुसार पूर्वराज शाहको ट्रान्जिट सिंगापुर हुनेछ । जसले नेपाली राजनितमा भित्रभित्रै ठुलै तरंग गएको छ । ओली सिंगापुर उड्ने अघिल्लो दिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले रहस्यम रुपमा पूर्वराजालाई भेटेपछि नेपाली राजनितिमा ठुलो भुकम्प गएको छ ।बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित चीन निस्कन लागेका पूर्वराजाको ट्रान्जिट त्यहाँ हुने जनाइएको छ । केही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरको आराम भ्रमणसँग जोडेर पूर्वराजाको ट्रान्जिटलाई हेरिएको छ ।

निर्मलनिवास स्रोतले भने भ्रमण हुन सक्ने बताए पनि यसको औपचारिक जानकारी दिएको छैन । स्रोतले भन्यो,‘भ्रमण हुने कुराकानी चलेको छ, तयारी र तालिकाबारे खुलेको छैन ।’सकभर यो भ्रमणलाई निर्मलनिवासले गोप्य राख्न चाहेको छ । केही समयअघि मात्र एक महिना भन्दा लामो थाइल्यान्ड भ्रमण सकेर पूर्वराजा परिवारसहित नेपाल फर्किएका थिए ।

‘यी अनौपचारिक भ्रमण भए पनि एकअर्कासँग जोडिन सक्ने आधार हुन सक्छन्, जसलाई संयोग मात्र मान्न सकिन्न’, एक जना राजनीतिक विश्लेषक भन्छन्,‘कुनै विदेशी शक्तिको संयोजनमा यस्तो संयोग हुन सक्छ ।’हालै मात्र भारतीय गुप्तचर संस्था रअ प्रमूख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओली, प्रचण्ड र पूर्वराजासँग पनि गोप्य भेट गरेको भन्ने चर्चा थियो । यसैको राजनीतिक तरङ्गका रूपमा यी हाईप्रोफाइल अनौपचारिक भ्रमण हुन सक्ने अनुमान गरिएको छ ।

तर, गोयलसँगको भेट भएको भन्नेबारे पूर्वराजाको सचिवालयले खण्डन गरेको थियो । उनका प्रेस सहयोगी डा। फणिन्द्र पाठकले त्यस्तो कुनै भेट नभएको बताएका थिए ।तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको उपचारका क्रममा सिंगापुरमा प्रचण्डसँग भेट भएको थियो । उक्त भेट सकी प्रचण्ड नेपाल फर्किनासाथ तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनु परेको थियो ।

कोइरालाले प्रचण्डलाई सिंगापुरमा नै राजनीतिक व्यवस्था सुदृढ गर्ने र जिम्मा लिनका लागि आग्रह गरेको बेलामौका प्रचण्डले नै भन्ने गरेका छन् । कतिपयले तत्कालिन भारतीय प्रशासनले नै नेपालको राजीनामा गराउने विषयमा गोप्य बैठक गरेको थियो । यसै कारण पनि हाइप्रोफाइल भ्रमण वा ट्रान्जिटलाई सशंकित दृष्टिबाट हेर्ने गरिएको छ । भारतमा भर्खरै मात्र मोदी दोस्रो कार्यकालका लागी प्रधानमन्त्रीको बगडोर सम्हाल्नु , मोदीको कुनै पनि हालतमा नेपालमा हिन्दु राज्य बनाएरै छोड्ने भित्रि चाहना रहुन र केहि समय अघि मात्रै रअ प्रमुखको नेपाल भ्रमण हुन , पूर्वराजा ज्ञानेन्द्रको अस्वभाविक सक्रियता रहनुले विषयलाई तथ गम्भिर र रहस्यमय बनाएको छ ।

ईमान्दारमिडिया

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।